ओलीलाई चुनौती दिँदै कुलमान सर्वोच्च अदालतमा

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनौती दिँदै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकबाट गैरकानुनी रूपमा हटाइएको भन्दै कुलमान घिसिङले पेश गरेको रिट आज बिहीबार सर्वोच्च अदालतमा दर्ता भएको छ ।

घिसिङले आफूलाई गैरकानुनी रूपमा हटाइएको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, नेपाल विद्युत् प्राधिकरणलगायतलाई विपक्षी बनाएर रिट दर्ता गरेका छन् । सर्वोच्चले अध्ययनपछि उक्त रिट दर्ता गरेको हो । मन्त्रिपरिषद्को सोमबारको बैठकले घिसिङलाई कार्यकारी निर्देशकबाट हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर