वरिष्ठ पत्रकार माथबर सिँह बस्नेतको निधन

भक्तपुर । वरिष्ठ पत्रकार तथा नेपाली काँग्रेसका नेता माथबर सिँह बस्नेतको निधन भएको छ । उनको आज शनिबार बिहान अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

भक्तपुरको सूर्यविनायक नगरपालिका–८ निवासी ७७ वर्षीय बस्नेतको हृदयघातका कारण निधन भएको हो । पुनर्जागरण साप्ताहिकका संस्थापक सम्पादक बस्नेत राष्ट्रिय समाचार समिति (रासस) र गोरखापत्र संस्थान तथा प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष समेत हुन् । यस्तै, गणेशमानका कथाका पानाहरुका सम्पादक, पूर्व प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईको प्रेस सल्लाहकार रहेका काम समते गरेका थिए । प्रजातन्त्र पुनर्स्थापनाको लामो युद्वमा उनले महत्वपूर्ण भूमिका निभाएका थिए ।

बस्नेतका एक श्रीमती, एक छोरा र तीन छोरी छन् । बस्नेतको आजै पशुपतिनाथस्थित आर्यघाटमा दाहसंस्कार गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर