मुलुक कार्यकारी राष्ट्रपति प्रणालीमा जानुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्रको रक्षा गरिने बताएका छन् ।
बारामा पार्टीको जागरण अभियानलाई पुन सुरु गर्दै अध्यक्ष प्रचण्डले केही समयअघि काठमाडौंमा प्रतिगमन र पुनरुउत्थानको गतिविधि भएको बताउँदै ती गतिविधिले अहिलेको उपलब्धिलाई कमजोर पार्न नदिइने बताए । मधेश प्रदेशका ८ जिल्लामध्ये बारा र पर्सामा मात्र अभियान बाँकी थियो । उनले अहिले निर्वाचन प्रणाली र शासकीय प्रणालीमा सुधार गरेर संविधानलाई पूर्णता र परिमार्जनतिर लगिने पनि उल्लेख गरे ।
कार्यकारी राष्ट्रपति माओवादीको सुरुकै एजेन्डा भएकाले अब मुलुक त्यतै जानुपर्ने अध्यक्ष दाहालले बताए । सिमरामा गरिएको स्वागत सभालाई सम्बोधन गर्दै दाहालले भने, ुजनताबाट चुनिएको राष्ट्रपति हुनुपर्छ । र, प्रत्यक्ष कार्यकारी राष्ट्रपतिले मन्त्रिमण्डल गठन गर्दा सम्बन्धित विज्ञहरूलाई छनोट गरी गठन गर्ने छन् । तब मात्र देशको विकास हुन्छ ।ु