कांग्रेसका मुख्य सचेतक घिमिरेले सदनबाटै माफी मागे

काठमाडौं । नेपाली कांग्रेसका मुख्य सचेतक श्याम घिमिरेले केही दिनअघि आफूले बोलेको कुरालाई लिएर आज सदनबाटै माफी मागेका छ्न ।

३ दिनअघि घिमिरेले देशको विकासका लागि यौन व्यवसाय र गँजा वैधानिक रूपमा खुलाउनुपर्ने तर्क गरेका थिए । धेरै देशले यौन व्यवसायलाई मान्यता दिइसकेको भन्दै घिमिरेले भनेका थिए, ‘यौन व्यवसायलाई खुला गरौँ । यसबाट धेरै विदेशी पर्यटक आउँछन् । धार्मिक पर्यटकभन्दा यौन पर्यटनबाट देशलाई फाइदा छ ।’ घिमिरेको उक्त अभिव्यक्तिको सदनमा विशेषगरी महिला सांसदले प्रतिरोध गरेका थिए ।

आज घिमिरेले आफूले बोलेको कुरा पार्टी र संसदीय दलको आधिकारिक धारणा नभई व्यक्तिगत धारणामात्र भएको प्रष्टी । उनले आफ्नो विचारले संसदका सदस्य र जनमानसमा नकारात्मक प्रभाव परेको भए सम्मान गर्दै क्षमा माग गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर