बस्तीमा आगलागी हुँदा बालिकाको जलेर मृत्यु

मोरङ। मोरङको धनपालथान गाउँपालिका ६ को कदमामा रहेको मुस्लिम बस्तीमा आगलागी हुँदा एक जना बालिकाको जलेर मृत्यु भएको पुष्टि भएको छ।
मृत्यु हुनेमा तीन वर्षीय बालिका रेश्मा खातुन रहेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नारायण चिमोरीयाले जानकारी दिए।आगलागीमा परेको भनिएका अर्का ६ वर्षीय बालक अर्शद अली सम्पर्कमा आएका हुन्।
घटनास्थल पुगेर फर्किएका मोरङका एसपी चिमोरीयाका अनुसार बालक घर नजिकै बारीमा फेला परेका हुन्। उनको अवस्था सामान्य छ।आगलागीबाट १२ घर परिवारको १६ वटा छाप्रा जलेका छन्।
प्रतिक्रिया