प्रहरीले बरामद गरेको २५ करोड रुपैयाँ सार्वजनिक

काठमाडौं । प्रहरीले बरामद गरेको २५ करोड रुपैयाँ सार्वजनिक गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार पत्रकार सम्मेलन गरी बरामद गरिएको रकम सार्वजनिक गरेको हो। उक्त रकमसहित पक्राउ परेका सिन्धुपाल्चोकका ३९ वर्षीय कसाङ लामालाई पनि प्रहरीले सार्वजनिक गरेको छ।
ना १ ख १६५२ नम्बरको एउटा ट्रकबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार बिहान ठूलो परिमाणमा विभिन्न देशका मुद्रा बरामद गरेको हो।
प्रतिक्रिया