आज नेप्से परिसूचक १०.१४ अंकले घट्यो

काठमाडौं ।  साताको दोस्रो कारोबार दिन सोमबार पनि सेयर बजार घटेको छ । आज नेप्से परिसूचक १०.१४ अंकले घटेर २,७०४.७० विन्दुमा झरेको छ ।  नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ६ अर्ब ८३ करोडको कारोबार भएको बजारमा आज ५ अर्ब ४० करोडको मात्रै भयो ।  आज ८५ कम्पनीको सेयर मूल्य बढ्यो भने १४५ कम्पनीको घट्यो । १३ कम्पनीको मूल्य स्थिर रह्यो ।

कुल ५७ हजार ५८५ पटकको किनबेचबाट ५ अर्ब ४० करोड ८३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज ९९ लाख ३५ हजार ८७२ कित्ता सेयर किनबेच भए । बैंकिङ, विकास बैंक, जलविद्युत्, जीवन बिमा, लघुवित्त, नीर्जिवन बिमा, अन्य र ट्रेडिङ उपसमूह घटे । म्युचअल फन्ड स्थिर रहे । फाइनान्स, होटल तथा पर्यटन, इन्भेष्टमेन्ट र उत्पादन तथा प्रशोधन मात्रै बढे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर