परम्पराका नाममा गाईमाथि ढुंगा हान्नेलाई कारवाही गर्न माग

काठमाडौं । गाईलाई ढुंगाले हानेको घटना संसदमा उठेको छ । सोमबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा नेपाली कांग्रेसकी सांसद सीताकुमारी रानाले यो विषय उठाएकी हुन् ।

‘परम्पराको नाममा मान्छे कतिसम्म निच भइदिन्छन् भन्ने बाजुरा जगन्नाथ गाउँपालिका वडानम्बर ६ काभ्रेको घटनाले देखाउँछ’, उनले भनिन्। ‘गौदानपश्चात गरिएको ती हृदयबिदारक घटनाले जो कोहीको पनि मन रुन्छ’, रानाले भनिन्, ‘गाई नदीमा जान डराउँछ तर ढुंगाहरू प्रहार गरी निरीह प्राणीको बाँच्न पाउने अधिकारको हनन् गरेका व्यक्तिहरूमाथि कडा छानबिन होस सरकार ।’

स्थानीय एक व्यक्ति मृत्युपछि दाहसंस्कार लागि मलामी गएका व्यक्तिले गाईलाई ढुंगाले हानेका हुन् । कसैको मृत्यु भएपछि नदी कटाएर गौदान दिने परम्पराअनुसार ढुंगा हानेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर