म्यासेडोनियाको रात्रि क्लबमा आगलागी हुँदा ५९ जनाको मृत्यु

काठमाडौं । उत्तरी म्यासेडोनियाको एक नाइटक्लबमा भएको आगलागीको घटनामा जिम्मेवार ठहरिएका १० जनालाई प्रहरीले नियन्णमा लिएको छ । स्थानीय समयअनुसार आइतबार बिहान करिब २:३० बजे कोचानिमा रहेको पल्स क्लबमा लागेको आगोमा परी ५९ जनाको मृत्यु भएको छ । त्यस समय त्यहाँ देशको लोकप्रिय हिप-हप जोडी डिएनकेको कन्सर्ट हेर्न करिब पाँच सय जना मानिसहरू भेला भएका थिए ।

त्यहाँको गृहमन्त्रालयका अनुसार आगोलागी घटनामा ब्याण्डका एक सदस्य मात्र जीवित रहेका छन् । सो आगलागीमा परी कन्सर्टमा भेला भएकामध्ये १५५ जना घाइते भएका छन् । आगलागीका लागि जिम्मेवार ठानिएका १० जना संदिग्धहरूलाई केही समयका लागि थुनामा राख्ने आदेश जारी गरिएको छ । तीमध्ये कन्सर्ट आयोजनाका लागि अनुमति जारी गर्ने मन्त्रालयका अधिकारीहरू समेत रहेका छन् ।

कन्सर्टमा ‘लाइट इफेक्ट’का लागि प्रयोग गरिने ‘पाइरोटेक्निक डिभाइस’को प्रयोगका कारण आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर