प्रचण्डको तस्बिर जलाउने बम पक्राउ

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को तस्बिर जलाएको आरोपमा प्रहरीले एक जना युवालाई पक्राउ गरेको छ । प्रहरीले आज राप्रपानिकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका नेता निराजन बमलाई पक्राउ गरेको हो ।
उनलाई भरतपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । शनिबार हेटौंडामा भएको कार्यक्रममा उनले प्रचण्डको तस्बिरमा आगो लगाएका थिए ।
प्रतिक्रिया