सुन तोलामा चार सय र चाँदीमा पाँच रुपैयाँ घट्यो

काठमाडौं ।  नेपाली बजारमा आज आइतबार सुनको मूल्य घटेको छ । अस्ति शुक्रबारको तुलनामा सुन तोलामा चार सय रुपैयाँ घटेको छ । आज आइतबार सुन तोलाको १ लाख ७४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अस्ति शुक्रबार सुन तोलाको १ लाख ७४ हजार पाँच सय रुपैयाँ कायम थियो । त्यस्तै, आज आइतबार चाँदीको मूल्य प्रति तोला दुई हजार ४५ रुपैयाँ कायम भएको छ । अस्ति शुक्रबारको तुलनामा चाँदी प्रति तोला पाँच रुपैयाँ घटेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर