नागार्जुनकाे गाैतम गाउँकाे एक घरमा आगलागी

काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका-७ गाैतम गाउँकाे एक घरमा भीषण आगलागी भएकाे छ । स्थानीय कृष्णहरि श्रेष्ठको भुइँतले कच्ची घरमा राती ९ बजे लागेको आगाे नियन्त्रण गर्न काठमाडौं र ललितपुर महानगरपालिका तथा सशस्त्र प्रहरीकाे दमकल प्रयाेग गरिएकाे छ ।
बाटाे साँघुराे भएका कारण ठूलाे दमकल प्रवेश गर्न नसकेपछि ललितपुर महानगरका दुइटा दमकलले आगाे निभाउन प्रयाेग गरिएकाे थियो । ठूलाे दमकल नछिर्दा पानी ट्यांकर पनि प्रयोग गरिएको छ । आगलागीबाट मानवीय क्षति नभए पनि अन्नलगायत मालसामान जलेर नष्ट भएकाे छ । आगलागी नियन्त्रणमा लिने प्रयास जारी छ । आगलागीकाे कारण खुल्न सकेको छैन ।
प्रतिक्रिया