सस्तियो पेट्रोल, डिजेल र मट्टितेल

काठमाडौं ।  नेपाल आयल निगम (एनओसी) ले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। आइतबार बिहान १ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँ घटाएको हो । यस्तै, डिजेल र मट्टितेलमा चार रुपैयाँ घटाएको छ ।

भारतबाटै मूल्य समायोजन भएपछि नेपाल आयल निगम सञ्चालक समितिको निर्णयबमोजिम नयाँ मूल्य तय गरिएको हो । यो निर्णयसँगै अब पेट्रोलको मूल्य प्रतिलिटर १६३ रुपैयाँ पर्नेछ । यस्तै, मट्टितेल र डिजेलको मूल्य १५१ रुपैयाँ तोकिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर