नेपाली कांग्रेसका पूर्वसांसद जेल चलान

काठमाडौं । वैदेशिक रोजगार न्यायाधिकरणबाट तोकिएको सजाय भोग्न बाँकी रहेर फरार सूचीमा रहेका पूर्वसांसद मिठाराम विश्वकर्मालाई जिल्ला प्रहरी कार्यालय पर्वतले ६ वर्षपछि पक्राउ गरेको छ। २०७५ साल माघ २८ गतेको फैसलाअनुसार १ वर्ष २१ दिन कैद असुल उपर गर्न बाँकी रहेका पर्वत जिल्ला, कुस्मा नगरपालिका–८ चुवा स्थायी ठेगाना भएका ७२ वर्षीय मिठाराम विश्वकर्मालाई प्रहरीले फागुन २७ गते पक्राउ गरेको हो।

उनी हाल काठमाडौं महानगरपालिका–१६ वनस्थलीमा लुकीछिपी बसिरहेको अवस्थामा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक रबिन विष्टले जानकारी दिए । उनलाई पर्वत जिल्ला अदालतमा पेश गरी फैसलाअनुसार सजाय भुक्तानका लागि पर्वत कारागार चलान गरिएको विष्टले बताए ।

कारागार चलान भएका विश्वकर्मा नेपाली कांग्रेसको तर्फबाट २०६४ सालमा बनेको अन्तरिम संसदका सदस्य हुन् । जिल्ला प्रहरी कार्यालय पर्वतले फरार प्रतिवादीहरूलाई खोजतलास गर्ने अभियानलाई निरन्तरता दिँदै आएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर