राजा वीरेन्द्रको हत्यालाई लिएर माओवादी राप्रपाबिच गम्भीर आरोप-प्रत्यारोप

काठमाडौं ।  नेपालको वर्तमान राजनीतिमा गणतन्त्रवादी र राजावादीहरू राजा वीरेन्द्रको हत्यालाई लिएर एकअर्कामाथि लाञ्छना लगाउने काममा उत्रेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिन्धुपाल्चोकको मेलम्चीमा शुक्रबार आयोजित कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र शाहलाई वंश विनाश गर्नेहरूले राजा बन्ने धाक देखाएको भन्दै पूर्वराजा ज्ञानेन्द्रलाई खबरदारी गरेका थिए । प्रचण्डले भाइमारा र सुन तस्करसम्मको संगीन आरोप लगाएको केही घण्टापछि जवाफ फर्काउँदै राप्रपा सचेतक ज्ञानेन्द्र शाहीले विदेशीको इशारामा प्रचण्ड र तत्कालीन सरकारको मिलेर वीरेन्द्रको वंशनाश गरेको प्रत्यारो लगाए ।

‘सिधा भाषामा भन्दा विदेशीको इसारामा प्रचण्डजी तपाईं र तत्कालीन सरकार मिलेर राजा वीरेन्द्रको वंशनाश गर्‍यो। तर, यस्तै भड्किला झुटा भाषण गर्दै हिँड्यौं भने प्रचण्डजी नेपाली जनताले तपाईंलाई माफी दिने छैनन्’, शाहीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । शाहीले दरबार हत्याकाण्डको सबैभन्दा बढी फाइदा प्रचण्डलाई नै भएको पनि बताएका छन् । साथै, शाहीले प्रचण्डमाथि गम्भीर आरोप छेडेका छन् ।

‘प्रचण्डजी २०५२ सालमा राजा वीरेन्द्रका विरुद्धमा हतियार कसले उठायो तपाईंले उठायो ? षड्यन्त्र गरेर दरबार हत्या गर्दा सबभन्दा बढी फाइदा कसलाई भो तपाईंलाई भयो रु जनताको सेन्टिमेन्ट कसले प्राप्त गर्‍यो तपाईंले प्राप्त गर्नु भयो ? राजसंस्थालाई नै फाल्नुपर्छ भनेर विदेशबाट M16 , Ak 47 ,LMG,SmG , SLR जस्ता आधुनिक हतियार कसले लियो तपाईंले लिनुभयो ? मोबाइल फोन नभएको समयमा स्याटालाइट फोन युरोपियन युनियनले कसलाई बोक्न दियो रु तपाईंलाई’, शाहीले लेखेका छन् ।

भारतमा लुकेर राजनीतिक रूपमा भड्काएर १७ हजार नेपाली निमुखा गरिबका छोराछोरी प्रचण्डले नै मारेको शाहीको भनाइ छ । निहत्था नागरिकलाई बाटोबाटोमा बम थाप्दै कसले हत्या गरिएको उनको टिप्पणी छ । ‘विदेशीको इशारामा मन्दिरका, गुम्बाका पुजारी, लामालाई कसले घाँटी रेट्यो ? तपाईंले रेट्यो । ३३ किलो सुन तस्कर कसले गर्‍यो ? तपाईंले गर्‍यो । क्यान्टोनमेन्ट घोटाला कसले गर्‍यो ? तपाईंले गर्‍यो’, शाहीले लेखेका छन् ।

 

 

 

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर