माओवादी केन्द्रको पार्टी कार्यालयमा शिक्षकहरूको धर्ना

काठमाडौं ।  शिक्षक महासंघले नेकपा माओवादी केन्द्रको पार्टी कार्यालयमा धर्ना दिएको छ। शुक्रवार चौथो दिनको धर्नाअन्तर्गत महासंघले माओवादी केन्द्रको पार्टी कार्यालयमा धर्ना दिएको हो। शिक्षक, कर्मचारीहरूले अन्तिम चरणको आन्दोलनमा रहेको र चैत २० गतेसम्म पनि सरकारले विगतका सबै सहमति सम्बोधन हुने गरी विद्यालय शिक्षा ऐन जारी नगरे अन्तिम र निर्णायक चरणको आन्दोलन गर्ने चेतावनी दिएका छन्।

उनीहरूले चाँडोभन्दा चाँडो विगतमा भएका सबै सहमति कार्यान्वयन गरेर विद्यालय शिक्षा ऐन ल्याउन सरकारसँग माग गरेका छन्। यसअघि शिक्षक महासंघले स्थायी नियुक्ति, बढुवा, सेवा सुविधामा सुधार र पेशागत सुरक्षाका माग पूरा नभएको भन्दै नेकपा एमालेको पार्टी कार्यालयमा धर्ना दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर