युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको समीकरण पूरा

काठमाडौं ।  यस सिजनको युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको समीकरण पूरा भएको छ । गएराति राउण्ड १६ क दोस्रो लिगका खेल सकिएसँगै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने ८ क्लबको टुंगो लागेको हो ।

क्वाटरफाइनलमा पुग्ने ८ टिममा रियल म्याड्रिड, बार्सिलोना, पिएसजी, बायर्न म्युनिख, आर्सनल, एस्टन भिल्ला, बोरिसिया डोर्टमण्ड र इन्टर मिलान रहेका छन् । योसँगै हाल प्रिमियर लिगमा आफ्नो दबदबा बनाएको लिभरपुल र ला लिगामा शानदार खेलिरहेको एटलेटिको म्याड्रिडजस्ता क्लबको यस सिजनको च्याम्पियन्स लिगको यात्रा समाप्त भएको छ ।

अब क्वाटरफाइनलमा रियल म्याड्रिडको भिडन्त आर्सनलसँग हुने भएको छ भने पिएसजीको प्रतिद्वन्द्वी एस्टन भिल्ला भएको छ । त्यस्तै बार्सिलोनाले बोरिया डोर्टमण्डसँग खेल्ने छ भने बायर्न म्युनिखले इन्टर मिलान प्रतिद्वन्दी पाएको छ ।
क्वाटरफाइनलका खेलह पहिलो लिग अप्रिल ९ र दोस्रो लिग अप्रिल १५ मा हुने छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर