लोकतान्त्रिक गणतन्त्रप्रति एकजुट हुन गगन थापाको आग्रह

काठमाडौं ।  नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले नेपालको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रप्रति एकजुट हुन दलहरुलाई आग्रह गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै उनले संविधान र व्यवस्थाको रक्षाको लागि कांग्रेस दृढताका साथ उभिएको बताउँदै अन्य दलहरुलाई पनि एकजुट हुन आग्रह गरे ।

उनले जनता आक्रोशित भएको भन्दै उनीहरु रिसाएको विषयलाई समाधान गर्नुपर्नेमा जोड दिएका छन् । आजकै संसदमा विपक्षी दलका नेता पुष्पकमल दाहालले संविधान र लोकतन्त्रप्रति राखेको प्रतिबद्धताको सराहना गरे पनि मै मात्र राम्रो भन्ने भाष्य गलत रहेको समेत बताए ।

उनले भने, ‘पूर्व प्रधानमन्त्रीज्यू प्रचण्डले यहाँ अहिले राखेको अभिव्यक्ति सुन्ने मौका पाएँ । खासगरी नेपालको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रमुख प्रतिपक्ष दलले राखेको प्रतिबद्धताको मेरो पार्टीका तर्फबाट सराहना गर्न चाहन्छु, हामी सबै यो व्यवस्था र संविधानप्रति उत्तिकै प्रतिबद्ध छौँ ।’

थापाले गणतन्त्र आएपछि सबैभन्दा धेरै सरकारमा माओवादी केन्द्र बसेको उल्लेख गर्दै अहिलेको सरकारले गर्दा मात्र अहिलेको अवस्था आएको भन्ने प्रचण्डको भनाईको खण्डन गरेका थिए । उनले सबैका धेरै कमजोरी भएको भन्दै अब कमजोरी सुधार गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउनु पर्नेमा जोड दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर