सच्चा लोकतन्त्रवादीले राजा आउँदा आत्तिनु पर्दैन : थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सच्चा लोकतन्त्रवादीले राजा आउँदा आत्तिनु नपर्ने बताएका छन् ।

आज सामाजिक सञ्जालमा थापाले जनताले लोकतन्त्रको विकल्प खोजेको नभइ राजासहितको लोकतन्त्र खोजेको उल्लेख गरेका छन् ।

उनले लेखेका छन्– ‘लोकतन्त्रको विकल्प राजतन्त्र होइन, हुन सक्दैन ।त्यो सबैले बुझेका छन् । जनताले लोकतन्त्रको सट्टा निरङ्कुशता खोजेको होइन। जनताले लोकतन्त्रको विकल्प खोजेको पनि होइन, राजासहितको लोकतन्त्र खोजेको हो।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर