६० वर्षपछि एटालान्टाले युभेन्टसलाई उसकै मैदानमा पराजित गर्यो

काठमाडौं। एटालान्टाले आइतबार युभेन्टसलाई उसकै मैदानमा ४–० को फराकिलो अन्तरले पराजित गर्दै सिरी ‘ए’ लिगको तेस्रो स्थानमा आफ्नो पकड बलियो बनाएको छ।

यो जितसँगै जियान पिएरो गास्पेरिनीको टोलीले ५८ अंक जोड्दै शीर्ष स्थानको इन्टर मिलानसँगको अंक दूरी तीनमा झारेको छ। भने युभेन्टस ५२ अंकसहित चौथो स्थानमा रह्यो।

स्ट्याटिस्टिक्स प्रदायक अप्टाकाअनुसार युभेन्टसको घरेलु मैदानमा ६० वर्षपछि पहिलो पटक चार गोलले पराजित भएको लिग खेल हो। अन्तिम पटक युभेन्टसलाई सन् १९६७ को अक्टोबरमा टोरिनोले ४–० ले हराएको थियो। यस पराजयपछि टुरिनस्थित एलिएन्ज स्टेडियममा उपस्थित समर्थकले निराश हुँदै आफ्नै टिममाथि गुनासो गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर