हजारौँ समर्थकहरूले पूर्वराजा विमानस्थलबाट बाहिर निस्कँदा स्वागत गरे

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट आइतबार अपराह्न काठमाडौँ आइपुगेपछि त्रिभुवन विमानस्थलबाहिर निस्कँदा हजारौँ समर्थकहरूले उनको स्वागत गरेका छन्।
विमानस्काथलबाट बाहिर निस्कने क्रममा उनलाई हजारौँ समर्थकहरूले स्वागत गर्दै उनको गाडी अगाडि बढाइरहेका छन्।
उनी समिट एयरको चार्टर्ड विमानबाट काठमाडौँ आइपुगेका हुन्।
राजसंस्था समर्थकहरूले ‘हाम्रो राजा, हाम्रो देश, प्राणभन्दा प्यारो छ’, राजा आऊ देश बचाऊजस्ता नाराहरू लगाएका थिए।
प्रतिक्रिया