सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य १०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेर प्रतितोला छापावाल सुन १ लाख ७० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

गत शुक्रबार सुन तोलामा १ लाख ७० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ भने घटेको छ । आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर १ हजार ९८५ रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन चाँदीको भाउ तोलाको १ हजार ९९० रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर