म्याग्दी र बाग्लुङपछि काठमाडौंमा आज भूकम्पको धक्का

काठमाडौं । आज शनिबार दिउँसो काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको छ । आज दिउँसो २ बजेर ३७ मिनेटमा उपत्यकाका भूकम्पको धक्का महसुस भएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन्द्रविन्दु नेपालमा भने होइन । केन्द्रले दिएको जानकारीअनुसार तिब्बतमा ५.९ रेक्टर स्केलको भूकम्प गएको र त्यसैको पराकम्प नेपालमा महसुस भएको हो ।
यसअघि आज शनिबारनै नेपालका दुई छुट्टाछुट्टै स्थानमा भूकम्प गएका थिए । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार म्याग्दी र बाग्लुङमा पनि भूकम्प गएका हुन् । केन्द्रका अनुसार शनिबार बिहान ३ः१४ बजे म्याग्दीको मुरी आसपास केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको पहिलो भूकम्प गएको हो । त्यस्तै, बिहान ६ः२० बजे बाग्लुङको खुखानी आसपास केन्द्रविन्दु भएर भएर ४.१ म्याग्निच्युडको दोस्रो भूकम्प गएको केन्द्रले जनाएको छ ।