विशेष अभियान मार्फत पुननिर्माण र जीर्णद्धार : प्रमुख थापा

भक्तपुर । भक्तपुरको घलाते स्थित घलाते फल्चा पुननिर्माण गर्न शिलान्यास गरिएको छ ।
पुननिर्माण गर्न शिलान्यास गर्दै सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेब थापाले नगरभित्र जीर्ण रहेका सम्पदा संरक्षणमा नगरपालिकाले विशेष अभियान मार्फत पुननिर्माण र जीर्णद्धार गर्दै आएको बताए ।

परम्परागत बिधिलाई निरन्तरता दिएर घलाते फल्चा पुनर्निर्माण गर्न नगरपालिकाले २० लाख र वडा नम्वर ६ कार्यालयले १० लाख बजेट विनियोजन गरिएको नगरप्रमुख थापाले जानकारी दिँदै थापाले भने, अपुग बजेट आगामी आर्थिक बर्षमा थप्ने छौं ।

वडा नम्वर ६ का वडाध्यक्ष राजकुमार जोशीले वडाको विकासमा सम्पूर्ण वडावासीको साथ र सहयोग आवश्यक रहेको वताउँदै , विकास निर्माण र सम्पदा संरक्षण गर्ने प्रमुख दायीत्व जनप्रतिनिधिहरुको रहेको बताए । फल्चा पुनर्निर्माण एक बर्ष भित्र सकिने उपभोक्ता समितिले जनाएको छ ।

फल्चा नेवारी परम्परागत विश्राम स्थल हो । फल्चा पुनर्निर्माणले स्थानियहरु लाभाम्वित हुने हुने समाजसेवी राजन त्वातीले बताए । सूर्यविनायक नगरपालिकाले सम्पदा संरक्षण र पुनर्निमाणमा जोड दिँदै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर