सुन तोलामा पाँच सय घट्यो भने चाँदीमा पाँच रुपैयाँ बढ्यो

काठमाडौं । नेपाली बजारमा विगत तीन दिनदेखि बढेको सुनको भाउ आज शुक्रबार घटेको छ । हिजो बिहीबार प्रति तोला तीन सय रुपैयाँ बढेको सुनको मूल्य शुक्रबार प्रति तोला पाँच सय रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७० हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो बिहीबार छापावाल सुन प्रति तोला एक लाख ७० हजार सात सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, शुक्रबार चाँदीको मूल्य भने बढेको छ । आज चाँदीको मूल्य प्रति तोला एक हजार नौ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो बिहीबार चाँदी प्रति तोला एक हजार नौ सय ८५ रुपैयाँमा कारोबार भएको थियो । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रुपैयाँले बढेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर