बसन्तपुरमा फागु पर्वको रङ्गीचङ्गी चीर ठड्याइयो

काठमाडाैं । फागु पर्वको आजदेखि विधिवत् रूपमा प्रारम्भ भएको छ । फागुन शुक्ल अष्टमी अर्थात् आज शुक्रबार बिहानको शुभसाइतमा मौलिक बाजागाजासहित काठमाडौंको बसन्तपुरमा रंगीचंगी ध्वजा र पताकाले सिँगारिएको चीर उठाइएको हो ।
परापूर्वकालदेखि नै फागु पर्वको दिनभन्दा एक साताअघि चीर ठड्याउने परम्परा रहिआएको छ। चीर ठड्याइएसँगै फागु पर्व सुरु भएको मानिन्छ। यसरी ठड्याइको चीर फागु पूर्णिमाको राति साइत हेरेर ढालिन्छ र टुँडिखेलमा जलाएर विसर्जन गर्ने चलन छ । चीर ढालेको भोलिपल्ट तराईमा होली पर्व मनाउने गरिन्छ। (तस्बिरः फाइल)
प्रतिक्रिया