मौसम : पहाडी भू-भागमा आंशिक बदली रहने

काठमाडौं ।  हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।  जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार बिहान देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा  मौसम मुख्यतया सफा रहेको छ।

तराईका थोरै स्थानहरुमा हल्का हुस्सु पनि लागेको छ। बिहीबार दिउँसो  देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने पूवानुमान छ। राति भने देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

त्यस्तै कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा राति हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर