अमेरिकाबाट फर्काइएका नौ नेपालीलाई सोधपुछपछि परिवारको जिम्मा लगाइयो

काठमाडौं ।  अमेरिकाले जहाजमा राखेर नेपाल फर्काएका ९ जनालाई प्रहरीसँग करिब अढाइ घन्टा सोधपुछपछि परिवारको जिम्मा लगाइएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट प्रहरीको मानव बेचबिखन ब्यूरो लगिएका उनीहरूलाई ब्यूरोले परिवारको जिम्मा लगाएको हो।कागजपत्रविहीन ९ जनालाई अमेरिकाले बुधबार बिहान करिब १० बजे त्रिभुवन विभानस्थल ल्याइपुर्‍याएको थियो। त्यसपछि अध्यागमन विभागले प्रक्रिया पूरा गरेर प्रहरीको जिम्मा लगाएको थियो।

उनीहरूले प्रहरीसँगको बयानका क्रममा डंकी रुटबाट अमेरिका गएको र अध्यागमनले समातेको बताएका छन्। उनीहरूलाई अध्यागमनले सामान्य प्रक्रिया पूरा गरेर प्रहरीलाई बुझाएको थियो।

डोनाल्ड ट्रम्प अमेरिकाको दोस्रो पटक राष्ट्रपतिमा निर्वाचित भएपछि उनले अवैध आप्रवासी निष्कासनलाई तीव्रता दिएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर