पूर्वयुवराज शाहको स्वास्थ्यमा सुधार

काठमाडौं । पूर्वयुवराज पारश शाहको स्वास्थ्यमा सुधार आएको छ । आइतबार हृदयाघात भएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत शाहको स्वास्थ्यमा सुधार आएको हो । पूर्वयुवराज शाहको स्वास्थ्यमा सुधार भएको बताउँदै अस्पतालका प्रवक्ता अजय मिश्राले भने, ‘आजदेखि वार्डमा सारिएको छ ।’ शाहलाई चौथो पटक हृदयाघात भएको हो ।
प्रतिक्रिया