फागुन सातको सन्देशपश्चात् देशमा हिन्दु राष्ट्र र राजतन्त्रको माहोल बन्दै गएको छ : अध्यक्ष थापा

भक्तपुर ।  राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राजा ज्ञानेन्द्रको फागुन सातको सन्देशपछि देश आन्दोलनमय हुँदै गएको बताएका छन् । भक्तपुरमा आयोजित मध्यमाञ्चल विकास क्षेत्र स्तरीय बैठकमा थापाले फागुन सातको सन्देशपश्चात् देशमा हिन्दु राष्ट्र र राजतन्त्रको माहोल बन्दै गएपछि देश आन्दोलनमय बन्दै गएको बताएका हुन् ।

थापाले पछिल्लो समय कांग्रेस–कम्युनिस्टकै कारण संविधान, संघीयता, धर्मनिरपेक्ष र गणतन्त्र असफल भएको बताउँदै उनले अबको विकल्प फागुन सातको सन्देशले मात्र देशको हित गर्ने बताए । राजाले जनताको समस्या समाधान लागि सहयोगको आह्वानन गर्दा कांग्रेस र कम्युनिस्टका केही नेताहरू आफ्नो आफ्नोअस्तित्व गुम्ने चिन्ताले राजाको सन्देशको अपव्याख्या गरिरहेको थापाको भनाइ थियो ।

कांग्रेस र कम्युनिस्ट पार्टीकै कार्यकर्ताले यतिबेला राजनीतिक विकल्प खोज्न थालेका बेला वैकल्पिक शक्तिको रूपमा राप्रपा नेपाल तयार रहनुपर्ने बताउँदै थापाले, देश संकट अवस्थाबाट गुज्रिरहेको जन्ताले बुझिसकेको बताए । कांग्रेस र कम्युनिस्टले राम्रो काम गरेका भए राजाले देशको चिन्ता गरेर सन्देश दिनुपर्ने थिएन भन्दै थापाले भने, “राजसंस्थालाई जालझेल गरी फालिएको विषयमा सबै राजनीतिक दलहरू जानकार रहेको अवस्थामा राजाको सन्देशलाई जनताले सकारात्मक रूपमै लिएको थापाको दाबी रहेको छ ।

देश लुटेर खान पल्केका केही नेताहरूले राजाको सन्देश बहुदलीय व्यवस्थाविरुद्ध आएको २०४७ को संबिधान लागू गर्न खोजेको भनी भ्रामक अभिव्यक्ति दिरहेता पनि वास्तविकतामा भने राजाको सन्देश मेलमिलापको प्रस्ताव रहेकाले यसलाई सबै दलहरुले सकारात्मक रूपमा लिनु पर्नेमा थापाले जोड दिए । सन्देशलाई लिएर एकात्मक, अराजक, निरङ्कुश शासन खोजेको भनी भ्रम जनतामा नछर्न कांग्रेस–एमालेलाई थापाले अनुरोध गरे । राजाले दलहरूसँग मिलेर काम गरौं र देशमा देखिएको संकटको मोचन गरौं भन्दा कसरी गलतको आभाष हुन्छ? थापाले प्रतिप्रश्न गरे ।

प्रतिनिधिसभामा रहेको राप्रपाले यतिबेला दोहोरो भूमिका खेलेको जस्तो देखिएको बताउँदै थापाले भने, “राप्रपा नेपाल राजसंस्था र हिन्दु राष्ट्रको पक्षमा अन्दोलनको तयारीमा कमल थापा उभिए दरो हुन्छ भन्ने सोचकै कारण राप्रपा र राप्रपा नेपालबीचको एकता रुमलिरहेको टिप्पणी गरे ।

राप्रपाले राजसंस्था र हिन्दु राष्ट्र आजको आवश्यकता हो भन्न सकिरहेको छैन, राजा र हिन्दु राष्ट्रको एजेन्डा लिएर पार्टी एकता गर्न तयार रहेको बताउँदै थापाले भने, “पार्टीको झण्डा बिना राष्ट्रिय झन्डाको आन्दोलनमा राजसंस्था र हिन्दु राष्ट्रको विषयमा हुने आन्दोलनमा राप्रपा नेपालको सदैव नैतिक समर्थन रहने छ ।

कार्यक्रमको सभापतित्व मध्यमाञ्चल विकास क्षेत्रका अध्यक्ष माधब खत्रीले गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर