काठमाडौंमा शुक्रबार साँझ हल्का बर्षा, डोटीमा हिउँ

काठमाडौं । काठमाडौं उपत्यकामा आज शुक्रबार साँझ हल्का बर्षा भएको छ। हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा बदली भएको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै पश्चिमी वायुको प्रभावसँगै डडेल्धुरासहित सुदुरपश्चिमका पहाडी जिल्लाहरुमा पानी परेको हो । लामो समयदेखि बर्षा नहुँदा चिन्तित बनेका किसान पानी परेपछि खुशी भएका छन् । बर्खे तरकारी लगाउँने समय भएकाले तरकारी खेती गर्ने किसान उत्साहित भएका हुन् ।

सुदुरपश्चिमका डडेल्धुरा, बैतडीलगायतका जिल्लामा बर्खे तरकारीबाली लगाउने किसानहरुको संख्या बढ्दै गइरहेको छ । डोटीमा पनि हिउँदे बर्षासँगै हिउँसमेत परेको छ । खडेरीले बाली सुक्दै गएका बेला लामो समयपछि हिउँदे बर्षा तथा हिमपात हुँदा किसान निकै हर्षित बनेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर