पाथीभरा केबलकार विवाद वार्ताबाट अन्त्य गर्न कांग्रेसको जोड

काठमाडौं । नेपाली कांग्रेसले पाथीभरा केबलकार निर्माणमा देखिएको विवाद वार्ताका माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिएको छ । पार्टी सभापति शेरबहादुर देउवा निवासमा आज बसेको पार्टी पदाधिकारी बैठकले ‘नो केबलकार’ भन्ने कुरामा कांग्रेसको सैद्धान्तिक सहमति नरहेपनि विवादलाई वार्ताका माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिएको कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए ।
वार्ता निष्कर्षमा नपुगेसम्मका लागि निर्माण कार्य स्थगित गर्ने सरकारको कदम स्वागतयोग्य रहेको उनले बताए । त्यस्तै बैठकमा निर्वाचनसम्बन्धी विधेयक, दलसम्बन्धी विधेयकका विषयमा छलफल भएको थियो । आसन्न स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनका बारेमा पनि बैठकमा छलफल भएको नेता घिमिरेले बताए ।
प्रतिक्रिया