प्रचण्डलाई पनि बालेनको पिरलो, उनी भन्छन्, “बालेन आए पनि फरक पर्दैन”

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले पूर्वराजा ज्ञानेन्द्र शाहलाई कुनै महत्व नदिएको बताएका छन् ।

विराटनगरमा बुधबार प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरूले राखेको जिज्ञासाको जवाफ दिँदै प्रचण्डले पूर्वराजाले प्रजातन्त्र दिवसको अवसरमा सार्वजनिक गरेको विचारलाई आफूले कुनै महत्व नदिएको बताएका हुन् । उनले जनताको चेतना, आन्दोलन र परिस्थिति धेरै अगाडि बढिसकेको भन्दै उनले अब देशमा राजतन्त्र फर्किने कुनै सम्भावना नरहेको प्रतिक्रिया दिएका छन् ।

पूर्वराजा ज्ञानेन्द्रलाई कसैले बोल्न लगाएको हुनसक्ने बताउँदै प्रचण्डले भने- ‘छैन, पूर्वराजालाई मैले कुनै महत्व दिएको पनि छैन, उनले बोले, मानिसहरूले प्रतिक्रिया दिइरहेका छन् । किनभने इतिहास अगाडि बढिसक्यो, जनताको चेतना, आन्दोलन, परिस्थिति अगाडि बढिसक्यो, कसैले बोल्न लगाएको होला, नजिक बसेर केही पाउँला भन्ने हिसाबले केही बोल्न लगाएका होलान् । त्यसको कुनै अर्थ छैन, यो देशमा फेरि राजतन्त्र फर्किने भन्ने कुरा असम्भव ।’

यसैबीच पचण्डले प्रत्यक्ष कार्यकारी प्रमुखको निर्वाचन हुनुपर्नेमा जोड दिएका छन् । रोतोपाटीलाई एक अन्तर्वार्ता दिँदै उनले प्रमुख कार्यकारीको प्रत्यक्ष निर्वाचनमा बाले आए पनि फरक नपर्ने धारणा व्यक्त गरे । प्रचण्डले अन्तर्वार्तामा बालेनको नाम उच्चारण गर्नुको मतलब उनी पनि बालेको विस्तारित प्रखयातीबाट प्रभावित भएको मानिन्छ । (तस्बिर फाइल)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर