आज मंगलबार नेप्सेमा ७.१३ अंकको बढोत्तरी

काठमाडौं  । साताको तेस्रो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.१३ अंकले बढेर २७६५.८८ को विन्दुमा कायम भएको हो । यस दिन नेप्सेमा कारोबार भएको ३१२ कम्पनीको १ करोड ७८ लाख ६५ हजार ७०३ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ९० करोड ९३ लाख ८६ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा सुधार आउँदा सात उपसूचक मात्र हरियाली भएको छ ।

यस दिन गार्डियन माइक्रो लाइफको सेयरमा सकारात्मक सर्किट लाएको छ । नेपाल ल्यूब आयलको ९.९७ प्रतिशत, सपोर्ट माइक्रो फाइनान्सको ८.९६ प्रतिशत, भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीको ८.४१ प्रतिशतले सेयर मूल्य बढेको छ ।

यस दिन सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्सको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको १ अर्ब २ करोड ६२ लाख ७३ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको नेपाल रिइन्स्योरेन्स कम्पनीको ८३ करोड ३ लाख ६५ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

त्यस्तै यस दिन एचआइडिसिएलको २९ करोड ७५ लाख ७७ हजार रुपैंया, एनआरएन इन्फ्रास्ट्रक्चरको २७ करोड ४८ लाख ६३ हजार रुपैयाँ, सिइडिबी होल्डिङको २४ करोड ५१ लाख ८१ हजार रुपैयाँको कारोबार भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर