हिजो सोमबारदेखि अण्डाको मूल्यवृद्धि

काठमाडौं । नेपाल लेयर्स कुखुरापालक सङ्घले हिजो सोमबारदेखि नै लागु हुने गरी अण्डाको मूल्य बढेको जानकारी दिएको छ । । सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार किसानसहितको चितवनमा बसेको बैठकले अण्डाको मूल्य बढाउने निर्णय गरेको हो ।

मूल्य बढेसँगै अब मध्यम अण्डा प्रतिक्रेट (३० वटा) को रु तीन सय ९०, ठूलो अण्डा रु चार सय १० र एक्स–एल अण्डा प्रतिक्रेटको मूल्य रु चार सय २५ पुगेको छ । यसअघि मध्यम अण्डा प्रतिक्रेट रु तीन सय ५०, ठूलो अण्डा रु तीन सय ७० र एक्स–एल अण्डा प्रतिक्रेट रु तीन सय ८५ रहेको थियो । यो फार्म मूल्य हो । बजारमा अण्डाको माग बढेको र लागतसमेत बढी रहेकाले मूल्य बढाउनु परेको अध्यक्ष पोखरेलको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर