सेयर बजारको उकालो यात्रा जारी, १० अर्ब माथि कारोबार

काठमाडौं । गत सातादेखि निरन्तर बढ्न थालेको सेयर बजारको उकालो यात्राले सोमबार पनि निरन्तरता पाएको छ । सोमबार नेप्से ३.३५ अंक वृद्धि भएको हो । गत सातादेखि बजार बढ्न थालेपछि दैनिक औसत कारोबार पनि १० अर्ब माथि हुन थालेको छ ।

सोमबार नेप्से ३.३५ अंकले बढेर २ हजार ७५८.७५ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । यसदिन ११ अर्ब ८ करोड ५४ लाख ६४ हजार रुपैयाँ बराबरको २ करोड ११ लाख १० हजार ६१९ कित्ता सेयर खरिदबिक्री भएको छ । हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक ८९ करोड ३५ लाख ३८ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । कारोबार रकमको आधारमा दोस्रो सूचीमा नेपाल पुनर्बीमा कम्पनी छ । आज कम्पनीको ८० करोड ६७ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

१३ उपसमूहमध्ये यस दिन ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ। यस दिन अन्य उपसमूहको परिसूच्क सर्वाधिक २.५० प्रतिशत बढेको छ । त्यसैगरी, यस दिन लगानी र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक करिब १ प्रतिशत बढेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक १.२१ अंक घटेको छ।

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयर यस दिन पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सो कम्पनीको शेयर निरन्तर ११ औँ कारोबार दिन सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको शेयरमूल्य साढे ९ प्रतिशत बढेको छ भने बोटलर्स नेपालको शेयरमूल्य ८ प्रतिशत बढेको छ । कारोबारमा आएको विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक १० प्रतिशत घटेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर