आजदेखि माओवादीको तराई-मधेस जागरण अभियान

काठमाडौं ।  नेकपा माओवादी केन्द्रको हुलाकी राजमार्ग केन्द्रीत तराई-मधेस जागरण अभियान आजदेखि सुरु हुँदैछ । सोमबार झापाको कचनकबलबाट माओवादीले जागरण अभियान सुरु गर्न लागेको हो । अभियानमा जनसभा, चोकसभा, अन्तरक्रिया, जनभेटघाट लगायत कार्यक्रम हुने माओवादी केन्द्रले बताएको छ । अभियानको नेतृत्व पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नै गर्नेछन् ।

कोशी प्रदेशमा झापा, मोरङ, सुनसरीमा कार्यक्रम हुनेछ । मधेसमा सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सामा कार्यक्रम हुनेछ । बागमती चितवन, गण्डकीमा नवलपुर, लुम्बिनीमा नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, बर्दिया, बाँकेमा कार्यक्रम हुनेछ । सुदूरपश्चिम प्रदेशमा कैलाली र कञ्चनपुरमा कार्यक्रम गरिने माओवादी केन्द्रले जनाएको छ ।

अभियानमार्फत माओवादी केन्द्रले मुलुकको राष्ट्रिय राजनीतिक परिस्थिति र पार्टीको नीति कार्यक्रमलाई जनस्तरसम्म पुर्‍याउने, पार्टीलाई जनतासँग जीवन्त रूपमा जोड्ने, पार्टी संगठनलाई स्थानीयस्तरसम्म विस्तार गर्ने, जनताबाट सुझावहरू संकलन गर्ने, जनता र पार्टी नेतृत्वबीच सम्बन्ध विस्तार गर्ने लगायतका उद्देश्य राखेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर