हमासले आज ६ जना बन्धकलाई मुक्त गर्ने,विपिन जोशीको नाम परेन

काठमाडौं ।  हमासले आज ६ जना बन्धकलाई मुक्त गर्ने भएको छ।

बन्धकमुक्त हुनेमा ६ जना पुरूष रहेका इजरायली सञ्चारमाध्यमहरूले जनाएका छन्।

३७ वर्षका अवेरा मेंगिस्तु, ३७ वर्षकै हिशाम अल सैयद, ३९ वर्षका तल शोहम, २७ वर्षका एलिया कोहेन, २३ वर्षका ओमर वेंकर्ट र २२ वर्षका ओमर शेम-तोभलाई रिहा गर्ने बताइएको छ।

यस पटक पनि रिहा हुनेमा नेपालका विपिन जोशीको नाम परेन।

उनीहरूमध्ये अवेरा र हिशाम २०१४ देखि नै हमासको नियन्त्रणमा रहेको जनाइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर