आज नेपाल लेबनानसँग खेल्दै

काठमाडौं । काठमाडौंमा जारी अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबलमा आज (बिहीबार) नेपालले लेबनान सँग खेल्दैछ ।  त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बिहीबार साँझ ६ बजे लेबनान र नेपाल दुवै टिमले जारी लिगको दोस्रो खेल खेल्दैछन् ।

यसअघि पहिलो खेलमा नेपालले किर्गिस्तानलाई १–० गोलले पराजित गरेको थियो । नेपाल आज दोस्रो जितको खोजीमा हुनेछ । लेबनानले आफ्नो पहिलो खेलमा बलियो मानिएको म्यानमारविरुद्ध उत्कृष्ट खेल खेलेको थियो । यद्यपि खेलमा लेबनान ३–१ गोलले पराजित भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर