पाकिस्तानलाई हराउँदै न्युजिल्यान्डको विजयी सुरुआत

काठमाडौं। घरेलु टोली पाकिस्तानलाई हराउँदै न्युजिल्यान्डले आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेटमा विजयी सुरुआत गरेको छ।

बुधबार सम्पन्न खेलमा पाहुना टोलीले आयोजक तथा साविक विजेता पाकिस्तानलाई ६० रनले पराजित गरेको हो। यो नतिजासँगै समूह ए मा न्युजिल्यान्डले दुई अंक जोडेको छ।

न्युजिल्यान्डले दिएको ३२१ रनको लक्ष्य पछ्याएको पाकिस्तान ४७.२ ओभरमा सबै विकेट गुमाउँदै २६० रन मात्रै बनाउन सक्यो।

पाकिस्तानका खुशदिल शाहले सर्वाधिक ६९ रन बनाए। बाबर आजम ६४ र सलमान आघा ४२ रनमा आउट भए। न्युजिल्यान्डका विलियम ओ’रोर्के र कप्तान मिचेल सान्टनरले समान तीन विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले ५० ओभरमा पाँच विकेट गुमाएर ३२० रन बनाएको थियो। ओपनर विल योङले १०७ र टम लेथमले अविजित ११८ रन बनाए।

पाकिस्तानका नसीम शाह र हारिस राउफले समान दुई विकेट लिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर