मड्रिडको जितमा एम्बाप्पेको ह्याट्रिक

काठमाडौं । युरोपेली च्याम्पियन्स लिगको दोस्रो चरण प्रवेशका लागि बुधबार राति भएको दोस्रो लेग प्ले अफमा रियल मड्रिडले म्यानचेस्टर सिटीलाई ३–१ ले हराएको छ ।

पहिलो लेगमा ३–२ ले जित हात पारेको रियल एग्रिगेटमा ६–३ को सफलता सहित दोस्रो चरण प्रवेश गरेको हो । बुधवार मड्रिडको घरेलु मैदानमा भएको खेलमा रियलका लागि केलिएन एम्बाप्पेले ह्याट्रिक पूरा गरे ।

खेलको चौथो मिनेटमा नै टोलीलाई अग्रता दिलाएका फ्रान्सेली स्टार एम्बाप्पेले ३३ औँ मिनेटमा अर्को गोल गरे भने खेलको ६० औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् । सिटीका लागि इन्जुरी समयमा निको गोन्जालेजले एक गोल फर्काएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर