रेडक्रसको बिपतमा मात्र नभएर हरेक बखत महत्वपूर्ण भूमिका : थापा

भक्तपुर । प्रतिनिधिसभा सदस्य दुर्लभ थापाले समाजमा रेडक्रसको बिपतमा मात्र नभएर हरेक बखत महत्वपूर्ण भूमिका खेलेको बताएका छन् ।
नेपाल रेडक्रस सोसाईटी भक्तपुरको ३० औं जिल्ला सभा तथा ५७ औं स्थापना दिवसको आज उद्घाटन गर्दै उनले रगत नपाए भक्तपुर जानु भन्ने भनाईलाई भक्तपुर रेडक्रसले चरितार्थ गरेको बताउँदै बिपतका समयमा खेलको भूमिका सराहनिय रहेको बताएका हुन् ।

बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले भक्तपुर रेडक्रसको भूमिकालाई अझ सशक्त पार्दै लान प्रदेश सरकार लागि परेको बताए । उनले भक्तपुर रेडक्रसले भक्तपुरमा मात्र नभएर उपत्यका लगायत आसपासका जिल्लालाई समेत रगत उपलब्ध गराउँदै आएको बताए ।

बागमती प्रदेशका सदस्य सुरेश श्रेष्ठले रेडक्रसलाई राजनीति भन्दा पर राखेर मानविय भावमा सञ्चालन गरिनु पर्नेमा जोड दिए ।

कार्यक्रममा केन्द्रीय उपमहामन्त्री मनोज थापा, नेपाल रेडक्रस सोसाईटीका सभापति परशुराम पाण्डे, मन्त्री धर्मराज कार्की, पूर्व सभापतिहरु बालमुकुन्द सुवाल, केपी अवाल, नेपाल पत्रकार महासंघ भक्तपुर शाखाका अध्यक्ष सुन्दर शिल्पकार लगायतले भक्तपुरमा रेडक्रसले पुर्याउँदै आएको योगदानका बारे चर्चा गरेका थिए ।

कार्यक्रमले वार्षिक नीति तथा कार्यक्रम र आगामी योजनाहरु समेत पारित गरेको छ ।