देशभरका स्वास्थ्य संस्थामा कालोपट्टी बाँधेर आन्दोलन

काठमाडौं । नेपाल चिकित्सक संघले आफ्ना माग पूरा नभएको भन्दै आजदेखि आन्दोलन गर्ने भएको छ ।
संघले सरकारलाई दिएको ४८ घण्टाको समयभित्र माग पूरा नभएपछि उनीहरु आआफ्नो कार्यालयअगाडि कालोपट्टी बाँधेर एक घन्टा धर्ना बस्ने भएका हुन्।
संघद्वारा जारी विज्ञप्ति अनुसार बुधबार र बिहीबार देशभरका स्वास्थ्य संस्थामा यो आन्दोलका कार्यक्रम हुनेछ । फाइल तस्वीर
प्रतिक्रिया