विद्यालयहरूका साथै एक व्यवसायिक तालिम केन्द्रमा आक्रमण दुईको मृत्यु

काठमाडौं । इजरायली सेनाकोले फेरि गाजा क्षेत्रमा आक्रमण गरेको छ । थाजाको रफाह क्षेत्रमा भएको आक्रमणमा दुई जना प्यालेस्टिनीहरूको मृत्यु भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार संयुक्त राष्ट्र संघद्वारा सञ्चालित तीन विद्यालयहरूका साथै एक व्यवसायिक तालिम केन्द्रमा आक्रमण भएको हो । युद्धविरामको दोस्रो वार्ताको तयारी भए पनि इजरायलले आक्रमण जारी राखेको छ ।

इजरायलका विदेशमन्त्री गिदोन सारले गाजा युद्धविराम सम्झौताको दोस्रो चरणको वार्ता यसै साता हुने भनेका छन् ।हमासले बिहीबार चार बन्धकहरूको शव र शनिबार थप ६ जना जीवित बन्धकहरूलाई रिहा गर्न सहमत भएको छ । त्यसैले वार्ताका लागि इजरायल लचक भएको हो ।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म गाजामा इजरायली आक्रमणमा परेर ४८ हजार २९१ प्यालेस्टिनीको मृत्यु भएको छ । एक लाख ११ हजार ७२२ जना घाइते भएका छन् । त्यहाँका भग्नावशेषमा धेरै बेपत्ता भएको र उनीहरु पनि मृत्यु भएको हुनसक्ने अनुमान छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर