रुस-युक्रेनबीच युद्ध अन्त्यका लागि आज साउदी अरबमा वार्ता

काठमाडौं । रुस र युक्रेनबीच तीन वर्षदेखि जारी युद्ध अन्त्यका लागि आज साउदी अरबमा वार्ता हुने भएको छ ।
यी दुई राष्ट्रबीचको युुद्ध समाप्त गर्न सउदीको पहलमा हुन लागेको वार्तामा अमेरिकी विदेशमन्त्री मार्को रुवियो र रुसी विदेशमन्त्री सर्गेई लाभारोब सउदी पुगेका छन् । वार्तामा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ज र मध्यपूर्वका लागि विशेषदूत स्टिभ विट्कोफ पनि सहभागी हुने भएका छन् ।
रुसी वार्ता टोलीमा भने विदेशमन्त्री लाभारोबसँगै राष्ट्रपति भ्लादिमिर पुटिनका सहयोगी युरी उसाकोव लगायत रहनेछन् । यद्दपी वार्तामा युक्रेन र युरोपेली युनिएनका प्रतिनिधिलाई निम्ता दिइएको छैन ।
साउदी अरबमा अमेरिका र रुस वार्तामा बस्दै गर्दा आजै नै युरोपेली देशका प्रतिनिधिहरु भने पेरिसमा जुट्दैछन् । उनीहरुले युक्रेनको पक्षबाट शर्तहरु अघि सार्न सक्ने अनुमान गरिएको छ । एजेन्सी