उकालो लाग्यो सुनको मूल्य

काठमाडौं । मंगलबार (आज) सुन तोलाको ७ सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा छापावाल सुनको मूल्य तोलामा ७०० रुपैयाँ वृद्धि भएको हो ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ६९ हजार ४०० रुपैयाँ कायम भएको छ । यसअघि सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६८ हजार ७०० रुपैयाँ कायम भएको थियो ।
यसैबीच चाँदीको मूल्य मंगलबार स्थिर छ । सोमबार तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको चाँदी मंगलबार आज पनि त्यहि मूल्यमा कारोवार भइरहेको महासंघले जानकारी दिएको छ ।
प्रतिक्रिया