चोरीको सुन बिक्री गर्ने विषयमा विवाद हुँदा दैलेखमा ११ वर्षीय बालकको हत्या

दैलेख । चोरीको सुन बिक्री गर्ने विषयमा विवाद हुँदा दैलेखमा ११ वर्षीय बालकको हत्या भएको छ । प्रहरीले हत्यामा संलग्न दुल्लु नगरपालिकाका १४ वर्षीय र १७ वर्षीय दुई किशोरलाई नियन्त्रणमा लिएको छ ।

गत माघ २५ गते उनीहरूले बालकको हत्या गरी उनकै घरको बाँसघारी छेउमा रहेको खोला किनारमा खाल्डो खनेर पुरेको अनुसन्धानबाट खुलेको प्रहरी प्रमुख सुनिल दाहालले जानकारी दिए ।

बालक सम्पर्क विहीन भएपछि उनका आफन्तले इलाका प्रहरी कार्यालय दुल्लुमा निवेदन दिएका थिए । सुरुमा बालक सम्पर्कविहीन हुनुअघि उनको साथमा भएका साथीहरूबारे प्रहरीले अनुसन्धान गरेको थियो ।

शनिबार नियन्त्रणमा लिई दुई बालकसँग सोधपुछ गर्दा ‘आफूहरूले चोरी गरेर सुनका गहना (तिलहरी) बिक्री गर्ने बेलामा विवाद भएको र माघ २५ गते नै हत्या गरेर घर नजिकै रहेको खोला नजिक खाल्डो खनेर गाडेको प्रहरीलाई बयान दिएका थिए ।

सोही बयानका आधारमा खोजतलास गर्दा खाल्डोमा गाडेको अवस्था शव फेला परेको प्रहरी प्रमुख दाहालले बताए । पक्राउ परेका दुवै किशोरलाई प्रहरीको बाल निगरानी कक्षमा राखेर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर