छुट्टाछुट्टै सडक दुर्घटनामा ११ जनाको मृत्यु

काठमाडौं। पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तमा आइतबार भएका दुई छुट्टाछुट्टै सडक दुर्घटनामा ११ जनाको मृत्यु हुनुका साथै अन्य सात जना घाइते भएको प्रहरीले जनाएको छ । मुल्तान जिल्लामा एउटा यात्रु भ्यान, कार र मोटरसाइकल ठोक्किँदा छ जनाको मृत्यु भएको र सात जना घाइते भएको जिल्ला प्रहरी स्रोतले सिन्ह्वालाई बताएको छ ।

दुर्घटनास्थलमा उद्धार टोली तुरुन्तै पुगे र घाइतेहरूलाई नजिकैको अस्पतालमा लगियो । लेयाह जिल्लामा एक ट्रकसँग ठोक्किएर ट्र्याक्टर ट्रली पल्टिँदा तीन दाजुभाइसहित चार जनाको ज्यान गएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

सडक दुर्घटनाहरू पाकिस्तानमा चिन्ताजनक मुद्दा बनेको छ । विगत केही वर्षहरूमा सडक दुर्घटनाहरू उल्लेखनीय रूपमा बढ्दै गएको छ ।

लापरबाही, सडकको खराब अवस्था र सवारी साधनको अपर्याप्त मर्मतसम्भार उच्च दुर्घटनाको मुख्य कारण हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर