शीर्ष स्थानको लिभरपुलको जित

काठमाडौं। शीर्ष स्थानको लिभरपुलले इङ्लिस प्रिमियर लिगमा वुल्भ्सविरुद्ध जित हात पारेको छ।

घरेलु मैदानमा आइतबार सम्पन्न खेलमा लिभरपुल २–१ ले विजयी भएको हो। जितसँगै लिभरपुलले शीर्ष स्थानमा सात अंकको अग्रता बनाएको छ।

लिभरपुलको २५ खेलबाट ६० अंक छ। दोस्रो स्थानको आर्सनलको समान खेलबाट ५३ अंक छ। १५औं मिनेटमै लिभरपुलले लुइस डियाजको गोलमार्फत सुरुआती अग्रता लिएको थियो।

३७औं मिनेटमा मोहम्मद सलाहले गोल गर्दै खेल २–० मा पुर्‍याए। ६७औं मिनेटमा म्याथ्युस कुन्हाले गोल फर्काए पनि वुल्भ्सलाई पर्याप्त बनेन।

हारसँगै वुल्भ्सले रेलिगेसन जोनमा रहेको इस्विच टाउन र लेस्टर सिटीसँग अंक दूरी बढाउने मौका गुमाएको छ। वुल्भ्सको २५ खेलबाट १९ अंक छ। १८औं स्थानमा रहेको इस्विचको १७ अंक छ। एक स्थान तल रहेको लेस्टरको पनि समान अंक छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर