दुवै सदनबाट विचाराधीन विधेयकहरूलाई अघि बढाउन पहल लिने सत्तारुढ दलको निर्णय

काठमाडौं । सत्तारुढ दलका प्रमुख सचेतकहरूले संसद्मा विचाराधीन विधेयकहरूलाई दुवै सदनबाट अघि बढाउन पहल लिने निर्णय गरेका छन् ।

सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाका अनुसार आज बिहान सिंहदरबारमा सत्तापक्षका दलका प्रमुख सचेतकहरूको बैठक बसेको थियो । एमालेको संसदीय दलको कार्यालयमा बसेको बैठकमा प्रतिनिधि सभा र राष्ट्रिय सभामा दलका प्रमुख सचेतकको उपस्थिति थियो ।

बैठकपछि बर्तौलाले संघीय निजामती विधेयक र शिक्षा विधेयक लगायतका संसद्मा विचाराधीन सबै विधेयकहरूलाई दुवै सदनबाट अघि बढाउन पहल लिने निर्णय गरेको जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर